काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उम्मेदवारहरूको टिकटमा आफ्नो हस्ताक्षर हस्तान्तरण गर्ने विषयमा लचक देखिएका छन् ।
बुधबार बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भएको छलफलमा सभापति देउवा हस्ताक्षर हस्तान्तरण गर्ने कुरामा सहमत भएका नेता रमेश लेखकले जानकारी दिएका छन् । आफ्नै निवास महाराजगंजमा भएको छलफलमा देउवाले हस्ताक्षर अरुलाई दिने विषयमा आफू सकारात्म रहेको बताएका थिए ।
नेता लेखककाअनुसार देउवाले कानुनले मिल्ने भए सभापति हस्ताक्षर अरुलाई दिन तयार भएका छन् । लेखकले भने, ‘सभापतिले हस्ताक्षर अरुलाई दिनका लागि तयार छु भनेर वचन दिनुभएको छ । अब फेर्न मिल्छ कि मिल्दैन तपाईँहरुले विचार गर्नुस् भन्नुभएको छ ।’
छलफलमा सभापति देउवाले आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने भनेर केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरिसकेको र त्यसपछि आफूले नेतृत्व छाड्ने घोषणा गरिसकेको बताएका थिए । विधान अनुसार आफू उम्मेदवार पनि बन्न नमिल्ने भन्दै सहमित गरेर अघि बढ्न देउवाले आग्रह गरेका छन् ।
तर महामन्त्री पक्षले भने यो अलमलका लागि मात्र गरेको कुरा भन्दै विश्वस्त नभएको बताएको छ । देउवासँगको छलफलपछि महामन्त्रीहरु भृकुटीमण्डपतर्फ लागेका छन् ।

प्रतिक्रिया