काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भृकुटीमण्डपमा जाने कार्यक्रम नरहेको उनले सचिवालयले स्पष्ट गरेको छ ।
देउवाका स्वकीय सचिव भानु देउवाले सामाजिक संजालमा केही व्यक्तिहरुले भ्रम फैलाउने उद्देश्यले सभापति देउवा आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा ध्यानकर्षण भएको जनाएका छन् ।
उनले विशेष महाधिवेशनमा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गरेका छन् । बहुसंख्यक महाधिवेशन प्रतिनिधि सहभागी भएर आइतबारदेखि नेपाली काँग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा शुरु भएको छ भने आज बन्दसत्र हुँदैछ ।
विशेष महाधिवेशनमा आइतबार साँझसम्म २६ सय ६२ महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गरिसकेका छन् । विशेष अधिवेशनले कांग्रेसको नेतृत्व परिवर्तन गर्नसक्ने देखिएको छ ।

प्रतिक्रिया