काराकास । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले एक साताअघि अमेरिकी सेनाले पक्राउ परेपछि अहिलेसम्म आफू ठीक रहेको बताएका छन् ।
अमेरिकाले भने भेनेजुएलाको वर्तमान प्रशासनलाई विपक्षी दलका नेता तथा पूर्व प्रशासक मदुरोको समयमा उनको विरोध गरेको आरोपमा विभिन्न ठाउँमा जेलमा राखिएका कैदीहरूलाई प्रक्रिया मिलाएर रिहा गर्न दवाव दिइरहेको छ।
भेनेजुएलाका दल तथा नागरिकहरू आइतबार थप राजनीतिक बन्दीहरू रिहा हुने प्रतीक्षामा देखिएका थिए।
अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले मदुरोको शासनकालमा जेलमा रहेका कैदीहरूलाई रिहा गर्न सुरु गरेकी छन् । उनले भेनेजुएलामा देखिएको अशान्त वातावरणलाई सङ्केत गर्दै देशमा शान्ति स्थपनाका लागि ‘ठूलो’ संख्यालाई रिहा गरिने बताइन् ।
यद्यपि, यसको श्रेय वाशिङ्गटनले लिएको छ अर्थात् भेनेजुएलामा अन्यायपूर्ण रूपमा जेलमा राखिएका नेता तथा कार्यकर्ताहरूलाई रिहाइका लागि वर्तमान् प्रशासनलाई दवाव दिइरहेको वाशिङ्टनले दावी गरेको छ।
राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाको नेतृत्व गरेको भन्दै भेनेजुएलाले अमेरिकासँग कूटनीतिक बाटो अपनाउने बताएका छन् ।
“भेनेजुएलाले आफ्ना राजनीतिक बन्दीहरूलाई रिहा गर्ने प्रक्रिया व्यापकरूपमा सुरु गरेको छ। धन्यवाद!” ट्रम्पले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा एक पोस्टमा लेखेका छन् ।
अधिकारवादी समूहहरूका अनुसार भेनेजुएलामा ८०० देखि एक हजार २०० राजनीतिक बन्दीहरू छन् भन्ने अनुमान छ ।
पूर्व नेता मदुरो र उनीकी पत्नीलाई जनवरी ३ मा काराकासमा रातको समयमा हवाई आक्रमणबाट नाटकीय रूपमा पक्राउ गरिएको थियो ।उनीहरूलाई अमेरिकी सेनाले न्यूयोर्क शहरमा लागूऔषध ओसारपसार र हतियारको आरोपमा मुद्दा चलाउन लगेको थियो।
राष्ट्रपति मदुरोका छोरा निकोलस मदुरो गुएराले सार्वजनिक गरेको एक भिडियोमा राष्ट्रपति मदुरो न्यूयोर्कको जेलमा ‘ठीक’ रहेको बताएका छन् ।
करिब एकहजार प्रदर्शनकारीले पार्टीको झण्डा र प्लेकार्डहरू हल्लाउँदै जुँगा लगाएका पूर्व नेता र उनकी पत्नी सिलिया फ्लोरेसको अनुहार सहित, काराकासको पश्चिमी र केही सय पूर्वी पेटारे जिल्लामा भेला भए।
“निकोलस र सिलिया नआउन्जेल म जति पटक मार्च गर्नेछु,“ ६९ वर्षीय प्रदर्शनकारी सोलेदाद रोड्रिगेजले भने ।
“उहाँ (मदुरो र उहाँकी पत्नी) लाई अपहरण गरिएको छ, म आँखा चिम्लेर विश्वास गर्दछु कि तिनीहरू फर्कनेछन् । जुलुसमा विगतमा मदुरोको शिविरले गरेको भन्दा प्रदर्शनहरू निकै साना थिए र उनको सरकारका शीर्ष व्यक्तिहरू उल्लेखनीय रूपमा अनुपस्थित थिए।

प्रतिक्रिया