दुबई । इरानको सत्ताविरुद्ध दुई हप्तादेखि जारी देशव्यापी प्रदर्शनमा कम्तीमा ११६ जनाको ज्यान गएको अधिकारकर्मीहरूले बताएका छन्।
राजधानी तेहरान र दोस्रो ठूलो सहर मशहदसहित विभिन्न सहरमा प्रदर्शन जारी छ । इन्टरनेट र फोन सेवा बन्द गरिएकाले सूचना संकलन कठिन बनेको छ। अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सीका अनुसार करिब २,६०० जना पक्राउ परेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीप्रति समर्थन जनाउँदै दमन नगर्न चेतावनी दिएका छन्। यसैबीच इरानी अधिकारीहरूले प्रदर्शनमा सहभागीलाई कडा कारबाही हुने चेतावनी दिएका छन् ।
डिसेम्बर २८ मा मुद्रा रियालको पतनपछि सुरु भएका प्रदर्शन क्रमशः शासनविरोधी आन्दोलनमा रूपान्तरित भएका छन्।

प्रतिक्रिया