काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको छ । महाधिवेशनका लागि विभिन्न जिल्ला तथा देशबाट प्रतिनिधिहरू काठमाडौं आएका छन् ।
विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे हुनेछ । गत २९ असोजमा ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए । कांग्रेसको विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने हुन्छ ।
संस्थापनको बेवास्तापछि सोही विधानको दफालाई टेकेर कांग्रेसलाई पुनःजागरण गर्न महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुईदिने विशेष महाधिवेशन आजदेखि हुन लागेको हो ।

प्रतिक्रिया