काठमाडौँ । आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’को ‘लैजा खबर ए हावा’बोलको गीत नेवारी भर्सन रिलिज भएको छ । निर्माण टीमले नेवारी भर्सनको गीतलाई ओएसआर युटुब च्यानलमार्फत रिलिज गरेको हो । नेवारी भर्सनको गीतमा गायक यमन श्रेष्ठले गाएका छन् ।
निर्देशक चन्द्र पन्तले फिल्ममा नेपालीका अलवा नेवारी भाषामा गीत रेकर्ड गरिएको र स्रोता दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको बताए ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतीमा निर्माण भएको यसमा फिल्ममा विपना थापा,पल शाहका अलवा प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया