सानेपामा कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै


काठमाडौँ । नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलकाअनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक अहिले बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा सहभागिताका लागि उनले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिलाई अनुरोध गरेका छन्।