सुदन गुरुङले गोरखा-१ बाट उम्मेदवारी दिने


काठमाडौं । जेनजी अगुवा सुदन गुरुङले आगामी निर्वाचनमा गोरखाबाट उम्मेदवार बन्ने घोषणा गरेका छन् । शुक्रबार सामाजिक संजालमार्फत गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु । आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात । नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल ।’