काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार छनोटलाई लिएर फरक मत राखेका छन् ।
बुधबार बिहान बसेको पार्टी कार्यासम्पादन समितिको बैठकमा महामन्त्री थापाले फरक मत राखेको बताए । उनले एमालेसँग भएको तालमेलको स्वामित्व आफूहरूले नलिने पनि बताएका छन् ।
उनले भने ‘मैले पार्टीको निर्णयमा फरक मत दर्ज गरेको छु । विधान, प्रक्रिया मिच्ने काम भएको छ ।’ उनले उम्मेदवारी छनोट गर्न बैठक बस्नुभन्दा अघि नै उम्मेदवारहरू मनोनयन पत्र बोकेर दर्ता गर्न गइसकेको बताए ।
उनले यसमा महामन्त्रीहरु, संसदीय बोर्ड र केन्द्रीय समितिलाई समेत हेपिएको बताए । उनले भने, ‘महामन्त्रीहरूलाई हेप्ने, पेल्ने त चलिरहेको छ । यो भन्दा अगाडि यस्तो हुँदैनथ्यो । योजस्तो मानमर्दन यसअघि हुँदैनथ्यो ।’
बैठकले राष्ट्रियसभा निर्वाचनका लागि ९ जना उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले कोसी प्रदेशबाट सुनिलबहादुर थापा, मधेसबाट धमेन्द्र पासवान र सञ्जत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया