काठमाडौँ । नेकपा एमालेले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गरेको छ ।
मंगलबार बसेको एमाले सचिवालय बैठकले मस्यौदा कमिटी बनाउने निर्णय गरेको हो । उपमहासचिव लेखराज भट्टका अनुसार कमिटीमा नेताहरू रामबहादुर थापा, विष्णु पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् ।
नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिमा सचिवहरू छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की तथा रमेश बडाल, मीन बहादुर शाही र भीष्म अधिकारी सदस्य छन् ।

प्रतिक्रिया