अमेरिकाको ओहायोस्थित उपराष्ट्रपति जेडी भान्सको घरमा आक्रमण


वासिङटन । अमेरिकाका उपराष्ट्रपति जेडी भान्सको ओहायो राज्यको सिनसिनाटीमा रहेको घरमा आक्रमण भएको छ । प्रहरीले एकजनालाई हिरासतमा लिएको सीएनएनले जनाएको छ ।

भान्सको घरनजिक आइतबार राति १२ः१५ बजे एकजनालाई भाग्दै गरेको देखिएको थियो । अधिकारीहरूका अनुसार, घटना हुँदा जेडी भान्स र उनको परिवारका सदस्य घरमा थिएनन् ।

प्रारम्भिक जानकारीअनुसार हिरासतमा लिइएका व्यक्ति उपराष्ट्रपतिको घरभित्र प्रवेश गर्न सफल नभएको बताइएको छ ।

छानबिन एजेन्सीहरूले यो घटना जानाजानी जेडी भान्स वा उनका परिवारलाई निशाना बनाएर गरिएको हो वा यस पछाडि अर्को कारण छ भन्नेबारे पत्ता लगाउने प्रयास गरिरहेको बताएका छन् ।