काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थान हद फुकुवा गरेको छ ।
आयोगका सदस्य विज्ञानराज शर्माले सोमबार बसेको आयोगको बैठकले ओलीको स्थान हद फुकुवा गरेको जानकारी दिए । आयोगले आइतबार घरमै पुगेर ओलीको बयान लिएको थियो ।
बयान लिएसँगै उनीमाथि लगाइएको बन्देज फुकुवाको निर्णय गरेको हो । यसअघि आयोगले ओलीलाई स्थान हद लगाएको थियो ।


प्रतिक्रिया