काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसहित २६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।
आइतबार बसेको केन्द्रीय समिति बैठकले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय अनुमोदन गरेको हो ।
केन्द्रीय समितिमा बालेन साह, सुनिल लम्साल, भुपदेव शाह, अस्तिम पोखरेल, सागर ढकाल, लक्ष्मण थारु, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश पौडेल, सन्तोष गिरी, नमिता यादव, सरिता ज्ञवाली, जेम्स कार्की, सुशान्त वैद्दिक, लक्ष्मी बर्देवा, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, मधुसुधन ढकाल, ओजश्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद थपिएका छन् ।
उनीहरुलाई पार्टी सभापति रवि लामिछानेले पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।

प्रतिक्रिया