काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारीको संख्या थप गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारीको संख्या थप गर्ने निर्णय गरेको हो ।
बैठकले उपसभापति १, महामन्त्री १, सहमहामन्त्री १ र सहप्रवक्ता १ थप्ने निर्णय गरेको हो । काठमाडौंका मेयर बालेन साह र उज्यालो नेपाल पार्टीसँग एकतापछि रास्वपाले पदाधिकारीका. संख्या थप्ने निर्णय गरेको हो ।
रास्वपामा यसअघि सभापति, दुई उपसभापति, महामन्त्री, सहमहामन्त्री ३, कोषाध्यक्ष १ र २ सहप्रवक्ता थिए ।

प्रतिक्रिया