काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसले सोमबार दिउँसो एक बजे बस्ने गरी बैठक बोलाएको हो ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि मुख्यसचिव कृष्णप्रसाद पौडेलले आग्रह गरेका छन् ।
यसअघि शुक्रबार बसेको बैठकले वैशाखमा महाधिवेशन गर्ने कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रस्ताव पारित गरेको थियो । कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशन बोलाउने पक्षमा छन् भने संस्थापन पक्ष निर्वाचनपछि महाधिवेशन गर्ने पक्षमा छन् ।

प्रतिक्रिया