काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार छनोटका लागि उपसमिति गठन गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा उपसमिति गठन गर्ने निर्णय गरेको हो ।
उपसमितिलाई योग्य उम्मेदवार एवं छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिने निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उपसमितिमा संयोजकसहित ७ जना सदस्य रहनेछन् । सदस्यहरू भने पार्टी सचिवालयले मनोनयन गर्नेछ ।
यस्तै बैठकले पार्टी एकता र पार्टी समायोजनलाई सहजीकरण गर्न र निष्कर्षमा पुर्याउन पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन निर्णय भएको छ ।

प्रतिक्रिया