लापिलाङ, दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री विजय खड्काले अहिलेको विषम परिस्थितिमा राजा राजनीतिक दल र जेनजीहरूको त्रिपक्षीय सम्झौताले मात्र मुलुक अगाडि बढ्न सक्ने बताएका छन् ।
आइतबार दोलखाको कालिञ्चोक गाउँपालिकामा आयोजित कार्यक्रममा उनले मुलुक गम्भीर संकटमा उभिएको वर्तमान अवस्थामा यथास्थितिको परिस्थितिमा हुने निर्वाचनले निकास नदिने बताए ।
पुराना र नयाँ भनिने राजनीति दलको रवैयाले गम्भीर संकट पैदा गरेको र यसको निकास त्रिपक्षीय समझदारी भएको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीले लिएको बाटोले अव मुलुकलाई मार्गनिर्देशन गर्ने भन्दै उनले यथास्थितिमा रहे मुलुक गम्भीर भूराजनीतिक चपेटामा फस्ने चेतावनी दिए ।
कार्यक्रममा राप्रपा दोलखा अध्यक्ष विष्णु श्रेष्ठ, भिमेश्वर नगर अध्यक्ष शिव केसी, समाजसेवी ईश्वर थापा, देवेन्द्र थामी, सुरेन्द्र खड्क लगायतले मन्तव्य राखेका थिए । भाष्कर पाण्डेको अध्यक्षतामा भएको अधिवेशनले पाण्डव सिंह पाण्डेको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति गठन गरेको छ।




प्रतिक्रिया