विवेकशील साझा पार्टीबाट आएका सात नेता रास्वपाको केन्द्रीय सदस्य मनोनीत


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले विवेकशील साझा पार्टीलाई एकीकरण गरेपछि पार्टीमा आएका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

आइतबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले तत्कालीन विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटासहित सात जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

बैठकले बास्कोटासहित प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।