पार्टी निकट प्रवासी संगठनहरुको एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड दिल्ली जाँदै


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज भारतको राजधानी नयाँदिल्ली जाँदैछन् । पार्टी निकट प्रवासी संगठनहरुको एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड दिल्ली जान लागेका हुन् ।

एक महिना अघि नै तय भएको सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड दिल्ली जान लागेका उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । सन्देश सभालाई सम्बोधन गरेर प्रचण्ड सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।