बीबीसी । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई न्यूयोर्क लगेको छ । मादुरो र उनकी पत्नी न्युयोर्क राज्यको स्ट्यगबचत एयर नेसनल गार्ड बेसमा अवतरण गरेको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले मादुरोको आँखामा पट्टी बाँधिएको जहाजभित्रको तस्बिर सार्वजनिक गरेका थिए । अमेरिकी सञ्चारमाध्यमका अनुसार भेनेजुएलाका राष्ट्रपति मादुरो न्युयोर्क पुगेपछि उनी हेलिकोप्टरमार्फत म्यानह्याटनको वेस्टसाइड हेलिपोर्टमा लगिनेछन् ।
त्यहाँबाट अमेरिकी ड्रग एनफोर्समेन्ट एडमिनिस्ट्रेसनको मुख्यालयमा ब्रुकिलिङका लैजाने बताइएको छ । मादुरोलाई न्यूयोर्कमा ड्रग र हतियारसम्बन्धी अभियोग लगाइएको छ ।
अमेरिकाले शनिबार भनेजुएलामा भीषण हवाई हमला गरेको थियो। त्यस क्रममा मादुरो र उनकी पत्नीलाई उनीहरूको शयनकक्षबाटै तानेर लगिएको थियो ।

प्रतिक्रिया