पोखरा । गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्कासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । शनिबार पोखरामा आयोजित कार्यक्रममा पूर्वमन्त्री खड्का रास्वपामा प्रवशे गरेका हुन् । उनले रास्वपा उपसभापति स्वर्णीम वाग्लेलगायतका नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।
पूर्वमन्त्री खड्का अखण्ड नेपाल पार्टीमार्फत राजनीतिमा आएका थिए। उक्त पार्टी कांग्रेसमा बिलय गराएपछि खड्कालाई कांग्रेसले समानुपातिक तर्फबाट गण्डकी प्रदेशको सांसद र मन्त्री बनाएको थियो ।
गण्डकीकै सामाजिक विकासमन्त्री विन्दुकुमार थापालाई हराउन भूमिका खेलेको आरोपमा खड्कालाई कांग्रेसले पार्टीबाट निष्काशन गरेको थियो ।
खड्कासँगै कांग्रेसका महाधिवेशन प्रतिनिधि मिलन थापा, एमालेका पूर्व गण्डकी प्रदेश कमिटी सदस्य पुष्पराज अधिकारी पनि रास्वपामा प्रवेश गरेका छन् ।

प्रतिक्रिया