चलचित्र ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक


काठमाडौं । चलचित्र ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा पढ्न नसकेपछि काठमाडौं आएर एक युवकले गरेको संघर्ष देखाइएको छ । पढाईमा कमजोर रहेको एक गाउँले युवकले काठमाडौं आएर जीवन बदल्न गरेको संघर्ष ट्रेलरमा देख्न सकिन्छ । चलचित्र ‘गोबर गणेश’ माघ १ गते रिलिज हुँदै छ ।

‘गोबर गणेश’लाई मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गरेका छन् । चलचित्रमा बल्छी र वर्षा शिवाकोटीसँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् ।