झापा । भद्रपुर विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाज रनवेमा चिप्लिएको छ । झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार विमान रनवेबाट करिब १८० मिटर बाहिर पुगेको हो ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका काठमाडौँ–भद्रपुर उडान सङ्ख्या ९०१ जहाज–नाइन एन–एएमएफ विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिरिएको हो ।
‘विमान अवतरणका क्रममा ‘ओभर रन’ भई घाँसेमैदानमा पुगेको हो, ५१ यात्रु र चार चालक दलका सदस्य सबै सकुशल छन्’, उनले भने ।
शुक्रबार साँझ ७ बजे काठमाडौँबाट भद्रपुर प्रस्थान गरेको विमान ९ः४५ बजेतिर अवतरण गर्ने क्रममा उक्त घटना भएको हो ।
बुद्ध एयरले पनि काठमाडौंबाट भद्रपुर उडान संख्या ९०१ जहाज (एन ए एमएफ) भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रनवेबाट बाहिरिएको जनाएको छ । जहाजमा ५१ जना यात्रु रहेका र यात्रु एवं चालक दल ४ जना सदस्य सबै सुरक्षित रहेका बुद्ध एयरले जनाएको छ । काठमाडौंबाट अर्को जहाजमा टेक्निकल एवं रिलिफ टिम पठाइएको उसले जानकारी दिएको छ ।



हेर्नुस् भिडियो

प्रतिक्रिया