काठमाडौँ । नवौँ एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सहज सेटमा हराउँदै हेल्प नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो । हेल्प नेपालले पुलिसमाथि २५–२१, २५–२३ तथा २५–२२ ले जित निकाल्यो ।
त्यसैगरी, सोही मैदानमा आजै भएको महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ सेटमा हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ । पुलिसले आर्मीलाई २५–१२, २९–३१, २५–१४–२५–१८ ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

प्रतिक्रिया