काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी वैशाख २८, २९, ३० र ३१ गते काठमाडौंमा हुने भएको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक पूर्णबहादुर खड्काले ल्याएको प्रस्ताव पारित भएको नेता डा.शशांक कोइरालाले जानकारी दिए ।
प्रस्तावित कार्यतालिकालाई केन्द्रीय कार्य समितिको बैठकले पारित गरेको उनले बताए । बैठकमा उनले तत्काल महाधिवेशन सम्भव नभएकोले वैशाख अन्तिमको मिति प्रस्ताव गरेका हुन् ।
यसअघि घोषित पुस २७ देखि २९ सम्म नहुने भएपछि २०८३ वैशाख २८ देखि ३१ गतेसम्म १५ औँ महाधिवेशन गर्न प्रस्ताव कार्यवाहक सभापति खड्काले गरेका थिए ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने अहिले नै विशेष महाधिवेशन गर्ने तयारीमा छन् । बिहीबार विज्ञप्ति जारी गरी उनीहरुले नियमित महाधिवेशन स्थगित भएको र पुस २७ देखि महाधिवेशन गर्ने घोषणा गरेका थिए ।





प्रतिक्रिया