आगामी वैशाख अन्तिम साता पार्टीको महाधिवेशन गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव


काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी वैशाख अन्तिम साता पार्टीको महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति खड्काले २०८३ वैशाख २८, २९, ३० र ३१ गते काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।

बैठकमा उनले तत्काल महाधिवेशन सम्भव नभएकोले वैशाख अन्तिमको मिति प्रस्ताव गरेका हुन् । यसअघि घोषित पुस २७ देखि २९ सम्म नहुने भएपछि २०८३ वैशाख २८ देखि ३१ गतेसम्म १५ औँ महाधिवेशन गर्न प्रस्ताव गरिएको हो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने अहिले नै विशेष महाधिवेशन गर्ने तयारीमा छन् ।