काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर- २ बाट चक्रे मिलन सिफारिस भएका छन् ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनलाई एमालेले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार पनि सिफारिस गरेको थियो । उम्मेदवार सिफारिस भएपछि उनले आफ्नो इच्छाभन्दा पनि जनसमुदाय र जेनजी पुस्ताको निरन्तर माग र दबाबका कारण भएको दावी गरे ।
नेकपा एमालेमा वि.सं. २०५० सालदेखि सक्रिय बनेका उनी गुण्डा नाइकेकारुपमा परिचित छन् । पछिल्लो समय भने उनी सामाजिक कार्यमा पनि क्रियाशील छन् ।
उनले यो निर्णय आफ्नो व्यक्तिगत इच्छाभन्दा जनसमुदाय, युवा तथा जेनजी पुस्ताको निरन्तर माग र दबाबका कारण लिएको प्रतिक्रिया दिएका छन् । उनी गुण्डागर्दीको आरोपमा पटक पटक पक्राउ पर्दै आएका छन् ।

प्रतिक्रिया