लन्डन। बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्रो उच्च वार्षिक सङ्ख्या हो ।
यो सङ्ख्या सन् २०२४ को तुलनामा १३ प्रतिशत बढी हो, तर सन् २०२२ मा रेकर्ड गरिएको करिब ४६ हजारको उच्चतम स्तरभन्दा ९ प्रतिशत कम हो ।
सन् २०२५ मा च्यानल पार गर्ने प्रयास गर्दा कम्तीमा १७ जनाले आफ्नो जीवन गुमाएका छन् । फ्रान्स र बेलायतका अधिकारीहरूको जानकारी अनुसार बेलायती सञ्चारमाध्यमहरूले उक्त रिपोर्ट गरेका छन् ।
यसैबीच, बेलायतको गृह मन्त्रालयले नोभेम्बरमा देशको शरणार्थी प्रणालीमा व्यापक सुधार गरेको घोषणा गरेको थियो । नयाँ नियमअनुसार शरणार्थीलाई स्थायी बसोबासको लागि आवेदन दिन २० वर्ष कुर्नु पर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया