२० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ


विराटनगर । प्रहरीले मोरङमा २० वर्ष कैद सजाय तोकिएका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्धामा मोरङ जिल्ला अदालतले २०७३ चैत २७ गतेको फैसलाले २० बर्ष कैद सजाय तोकिएका मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ का वर्ष ४६ का डिबी भन्ने डिगबहादुर राईलाई बिहीबार पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा घरबाटै उनलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि मोरङ जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।