युवा आकाङ्क्षा सम्बोधन गर्न नसक्ने राजनीतिक शक्तिहरुको उपादेयता समाप्त


ईः ईः
समयमै चुनाव भए, कुनैपनि अर्थपूर्ण सुधार संशोधन वा आवश्यक पश्चाताप नगरेका, काङ्ग्रेस, एमाले, लगायत अन्य समस्त लेगसी पार्टीहरूलाई शून्यताको सङ्घारमा पुर्याउने ऐतिहासिक धक्का पर्ने निश्चित देखिन्छ । आफ्नै खुट्टामा बञ्चरो नहाने, सकारात्मक माहौल कायम राख्नसके घण्टीले दुईतिहाईनै ल्याएपनि अचम्म मान्नुपर्ने अवस्था रहेन। देशको लगभग ७० प्रतिशत जनसङ्ख्या नगर क्षेत्रमा बास गरिरहेको, कृतज्ञ हुन आवश्यक नठान्ने उदासीन मध्यमवर्गीय बहुमत रहेको, लेगसी दलमा पुस्तागत र युवा समावेशिताको कमी, अनि पोस्ट ट्रूथ सामाजिक सञ्जाल पहुँचमा मात्र नभएर सूचनाकै प्रमुखश्रोत भएको कालखण्डमा जेनजी आन्दोलन पछि पुनरजागृत हुन भाग्यले दिएको अवसरको दुरुपयोग त्यसको मूलकारक हुनेछन्।

यद्यपि, पुनश्चः समयमै चुनाव भए, घण्टीको पक्षमा आउने मतादेश केवल ‘नयाँ युगको शुरुवात – द्वितीय’ हुने संभावना उच्च देखिन्छ। अति संम्वद्र्धनवादी, अति प्रगतिशील, र आफ्नै आदर्शबारे अचेत, झुण्ड एउटै डुङ्गामा शक्तिमा पुगेपछि जे हुनु स्वभाविक छ त्यहीनै हुन्छ। प्रबल संभावना निश्चित अवधिमै फूट र लेगसी दलहरूसँग गठबन्धनमा जाने पुरानै कथा दोहोरिने रहन्छ। नभए हर प्रश्नभन्दा माथि रहने तानाशाही नेतृत्वको उदय, जसको निरन्तर स्तुतिगानको तारताम्य भूराजनीतिक, शक्ति समीकरण, र निर्विकल्पताको माहौलले सुनिश्चित गर्नेछ।

हर परिवर्तनको आफ्नै सकारात्मक र प्रत्युपादक पक्षहरू हुनछन्। आआफ्नो आदर्शकोणबाट त्यसको विश्लेषण हुन्छ। अहिले मूलतः पुस्तान्तरण गरी पुस्तासन्तुलन कायम गर्दै बहुमत/ युवा आकाङ्क्षा सम्बोधन गर्न नसक्ने राजनीतिक शक्तिहरुको उपादेयता समाप्त भएको छ। कृतज्ञताको सामन्ती संस्कार समाप्तिउन्मुख छ। तर अहिले हामी प्रष्टरूपले समराजनीतिक हिसाबले दुई कदम पछाडि गएका छौं र थप दुईचार कदम पछाडि जाने संभावनाको बीजारोपण भएको छ।