काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचनमा प्रतिमा थापा श्रेष्ठ सिफारिस भएकी छन् । समाजसेवी तथा राप्रपा केन्द्रीय सदस्य श्रेष्ठ बानेश्वरकी स्थानीय वासिन्दा हुन् ।
धार्मिक तथा सामाजिक कार्यमा रूचि राख्ने उनी राप्रपाले तथा राजावादीहरूले आफ्नो एजेन्डाको लागि गर्ने हरेक आन्दोलनको अग्रमोर्चामा रहन्छिन् । राजनीति समाजसेवाको अलवा उनको आफ्नै व्यवसाय पनि छ ।
कृषि पशुपालन, फलफूल, माछापालन फर्म तथा अन्य व्यवासायमा समेत उनको लगानी रहेको छ । पार्टीले उम्मेदवार बनाएर क्षेत्र नं १ मा जित सुनिश्चित गर्ने उनको तयारी रहेको छ।

प्रतिक्रिया