काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङले दलहरुले बुझाएको समानुपातिक उम्मेदवारको सूचीमाथि प्रश्न उठाएकी छन् । समानुपातिकमा भ्रष्ट ठेकेदारको छोरा, बिचौलियाको छोरा छोरीको नाम समावेश गरेको भन्दै आपत्ति जनाएकी हुन् ।
उनले नेपोकिडसविरुद्धको ७३ जना जेन्जी भाइबहिनीले राज्यलाई दिएको आहुती र बलिदान आज यही दिन देख्न हो ? भन्दै प्रश्न गरेकी छन् । उनले सामाजिक संजालमा लेखेकी छन्, ‘समानुपातिक भनेको के हो ? समानुपातिक भनेको पिछडिएको अल्पसंख्यक वर्ग, क्षेत्र जहाँ राज्यको नीति निर्माण पुग्न नसक्नेहरुकालाई छुट्टाइएको कोटामा भ्रष्ट ठेकेदारको छोरा, बिचौलियाको छोराछोरी सांसद र मन्त्री हुने भए नेपोकिड्स विरुद्धको ७३ जना जेनजी भाइ बहिनीले राज्यलाई दिएको आहुती र बलिदान आज यही दिन देख्न हो ???’
त्यस्तै उनले समानुपातिक सूचीमा १५ जनाको कोटामा तीन जना मात्र राखेको भन्दै आपत्ति जनाएकी छन् । उनले भनेकी छन्, ‘कर्णाली प्रदेश जहाँ अधिकांश जेनजी घाइते भाइहरु जुम्ला, हुम्ला, कालिकोटका छन्, यस्तो पिछडिएको क्षेत्रबाट कम्तीमा १५ जना समानुपातिक कोटामा पर्ने ठाँउमा मात्र ३ जना राख्दा यो बाट के प्रष्ट हुन्छ ? सुदूरपश्चिमलाई राज्यले सधैं दुर बनाई राख्नुपर्ने परम्परा नै हो त ???’
राजनीतिक दलहरुले बुझाएको सूचीमा व्यापारी, कलाकार नाम राखेपछि आशिकाले आक्रोश पोखेकी हुन् ।

प्रतिक्रिया