बङ्गलादेशमा आम निर्वाचनका लागि तीन हजारभन्दा बढी मनोनयनपत्र सङ्कलन


ढाका । बङ्गलादेशमा आगामी फेब्रुअरी १२ तारिख (माघ २९) मा हुने आम निर्वाचनका लागि तीन हजारभन्दा बढी व्यक्तिले मनोनयनपत्र दाखिला गरेको बङ्गलादेशी निर्वाचन आयोगले जनाएको छ ।

आयोगकाले मनोनयन दर्ता गर्न ६९ निर्वाचन अधिकृतलाई जिम्मेवारी तोकेको थियो । निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्ने म्याद सोमबार सकिएको छ ।

गत महिना निर्वाचन आयोगले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेको जनविद्रोहपछि पहिलो पटक १२ करोड ७० लाखभन्दा बढी मतदाताको नामावली निर्वाचनका लागि दर्ता भएको बताएको थियो ।