समानुपातिकतर्फको बन्दसूची बुझाउन कांग्रेसको हेलचेक्राई, अझै बुझाउन सकेन सूची


काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरुको बन्दसूची अझै बुझाउन सकेको छैन । सोमबारै सूची बुझाउनुपर्नेमा कांग्रेसले मंगलबार बिहानसम्म पनि सूची बुझाउन सकेको छैन ।

सुरुमा नेपाली कांग्रेस नेता मीन विश्वकर्मा र मुख्य सचिव कृष्णप्रसाद पौडेल नामावली बोकेर निर्वाचन आयोग पुगेका थिए । तर उनीहरुले बोकेको फाइलमा पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर नभएपछि कर्मचारीले बुझ्न मानेनन् ।

त्यसपछि उनीहरु सभापतिको हस्ताक्षर गराउन सभापतिको निवास गएका छन् । जसका कारण अझै कांग्रेसले सूची बुझाउन सकेको छैन ।