सुदन गुरुङ भन्छन्-रवि बालेन र कुलमानलाई मिलाएरै छोड्यौँ


काठमाडौँ । जेनजी अगुवा सुदन गुरुङले रवि, बालेन र कुलमान चुनाबमा एकसाथ मिलेर जान तयार भएको बताएका छन् । उनले रवि र कुलमासँगको फोटो सार्वजनिक गर्दै तीन जनालाई मिलाएरै छोडेको उल्लेख गरेका छन् । 

उनले यसलाई इतिहासले सम्झने दाबी समेत गरेका छन् । उनले लेखेको छन्, ‘हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि मिलाएरै छोडिम र इतिहासले सम्झनेछ। रवि बालेन र कुलमान चुनावमा सँगै लड्नेछन् ।’ 

आज रवि, बालेन कुलमानबीच कमपोखरीमा सहमति जुटेको बताइएको छ । उनीहरुबीच सहमतिमा हस्ताक्षरको तयारी भईरहेको छ ।