राष्ट्रियसभाका अध्यक्षलाई सुविधा कटौतीको चिन्ता


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेट गरेका छन् ।

अध्यक्ष दाहालले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् ।

भेटकामा आसन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्यको निर्वाचन, राष्ट्रियसभाका गतिविधिलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले राष्ट्रियसभाको अधिवेशन बोलाउन र सुविधा कटौती नगर्न आग्रह गरेका थिए ।