बीबीसी । मेक्सिकोको दक्षिण–पूर्वी ओआहाका क्षेत्रमा भएको रेल दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने करिब १०० जना घाइते भएका छन् ।
गल्फ अफ मेक्सिको र प्रशान्त महासागरबीच सञ्चालनमा रहेको उक्त रेलमा २४१ यात्रु र ९ जना चालकदलका सदस्य सवार थिए । नौसेनाका अनुसार घाइतेहरूमध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
अधिकारीहरूले जनाएअनुसार निसान्दा सहर नजिक घुम्तीमा रेल पटरीबाट खसेको थियो । मेक्सिकोको महान्यायाधिवक्ताको कार्यालयले घटनाबारे छानबिन सुरु गरिएको जनाएको छ ।
मेक्सिकन राष्ट्रपति क्लाउडिया शीनबाउमले घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइन्। उनका अनुसार नौसेनाका सचिवसहित उच्चस्तरीय अधिकारीहरू दुर्घटना स्थलतर्फ खटिएका छन्।

प्रतिक्रिया