चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’


काठमाडौँ । चन्द्रागिरि नगरपालिका ‘बालश्रममुक्त स्थानीय तह’ भएको छ । काठमाडौँमा चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’ हुने सम्भवतः पहिलो पालिका भएको जनाइएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनिया, सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे र चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले लगायतले नगरपालिकालाई ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा गरे ।

यस अगाडि चन्द्रागिरि–१२ बलम्बूलाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको चन्द्रागिरि–१२ का कावा वडाध्यक्ष अञ्जु नेपालले जानकारी दिइन् ।

‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित विसं २०७९ असार २ गते वडा नं १४ लाई पहिलो ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको थियो ।

परम्परागत बाजागाजासहित नगरपरिक्रमासमेत गरिएको थियो । विसं २०८० असोज ४ मा वडा नं ३, सोही वर्षको फागुन २७ गते वडा नं ८, चैत २१ गते वडा नं ६, चैत २३ गते वडा नं ७, चैत ३० गते वडा नं ५, विसं २०८१ भदौ २९ मा वडा ११, सोही वर्षको असोज ५ मा वडा १०, माघ १० गते वडा ९ र माघ २५ मा वडा २, फागुन १८ वडा ४, विसं २०८२ जेठ ३० मा वडा १५, सोही वर्षको भदौ १३ गते वडा १३, भदौ १५ मा वडा १ लाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको हो ।

चालु आर्थिक वर्षभित्र सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिसक्ने नगरपालिकाको लक्ष्य रहेको थियो । लक्ष्यअगावै सो कार्य पूरा भएको जनाइएको छ । गर प्रमुख गिरीले भने, ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा पछि यसको दिगोपनमा काम जारी राखिने छ । यस कार्यमा साथ र सहयोग गर्ने सबैमा धन्यवाद दिन चाहन्छु ।’

‘बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना ९२०७५–२०८५०, ‘बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७’, बालश्रम ९निषेध तथा नियमन गर्ने० ऐन २०५६ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा ‘बालश्रम निवारणसम्बन्धी चन्द्रागिरि नगरपालिकाको कार्ययोजना २०७६’ को लक्ष्यअनुसार बालश्रम निवारणको काम गरिएका थिए । चन्द्रागिरि– १५ का वडाध्यक्ष एवम् सामाजिक विकास समितिका सभापति घनश्याम लुइँटेलले बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बालश्रममुक्त बनाउँदै लगिएको जानकारी दिए ।