काठमाडौँ । राष्ट्रियसभा सदस्य एवं स्रष्टा डा. अन्जान शाक्यको म्युजिक भिडियो ‘मेरो गीतभित्र’ बजारमा आएको छ ।
‘शिरीष’, ‘रोज’, ‘बहार’, ‘श्रष्द्रापुष्प’ ‘अन्जानपथ’ जस्ता एकल एल्बम र अन्य एक दर्जन ‘कलेक्सन एल्बम’मा गीत गाएकी शाक्यले करिब २२ वर्षपछि यो नयाँ म्युजिक भिडियोसहितको गीत ल्याएकी हुन् ।
इजरायलका लागि पूर्वनेपाली राजदूत डा. शाक्यले इञ्जिनियर सञ्जय शाक्यको शब्द रचनामा ‘मेरो गीतभित्र’ रेकर्ड गराएकी हुन् । यसमा हरिशरण सायमीले ‘म्युजिक एरेन्ज’ गरेका छन् ।
कलाकार सरोज खनाल र पूर्वमिस नेपाल उषा खड्गीको अभिनय रहेको गीतमा डा. शाक्यको स्वर रहेको छ भने सङ्गीत डा. शाक्य र इञ्जिनियर सञ्जयको रहेको छ ।
भिडियोलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका छन् । शनिबार युट्युबमा अपलोड गरिएको यो म्युजिक भिडियो हालसम्म करिब आठ हजारले हेरिसकेका छन् ।

प्रतिक्रिया