काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको खर्च निर्धारण गरेको छ । राष्ट्रियसभा निर्वाचन नियमावली, ०७३ अनुसार खर्च निर्धारण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार, एक उम्मेदवारले १० शीर्षकमा गरी तीन लाख ५० हजार खर्च गर्न पाउनेछन् । निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र खर्च विवरण आयोगमा बुझाउनुपर्नेछ ।


प्रतिक्रिया