पूर्वमन्त्री बस्नेत मुछिएको टेरामक्स खरिद प्रकरणमा विशेषले माग्यो सर्वोच्चको आदेश


काठमाडौँ । विशेष अदालतले टेरामक्स प्रणाली खरिद प्रकरणमा यसअघि सर्वोच्च अदालतबाट भएको आदेशको प्रमाणित प्रतिलिपि मगाउन आदेश दिएको छ ।

आइतबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासले सर्वोच्चको आदेशको प्रमाणित प्रतिलिपि मगाउने आदेश गरेको हो ।

त्यस्तै, टेरामक्स अनुसन्धानका क्रममा अख्तियारले टेलिकम्युनिकेशन विज्ञ भनेर नियुक्त गरेका केशव ज्ञवालीको बयान गराउन भौतिक वा भर्चुअल रूपमा बकपत्रका लागि उपस्थित गराउन अख्तियार र विशेष सरकारी वकिल कार्यालयका नाममा आदेश गरेको छ ।

मोहन बस्नेत सञ्चारमन्त्री हुँदा टेरामक्स उपकरण तथा प्रणाली खरिदमा ३ अर्ब २१ करोड ८३ लाख घोटाला गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ जेठ १ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।