काठमाडौँ । उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को नवौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा युवराज शर्मा विजयी भएका छन् । यही पुस ११ र १२ गते काठमाडौँमा भएको महाधिवेशनबाट शर्मा अध्यक्षमा विजयी भएका हुन्।
शर्माले १६० र उनका प्रतिस्पर्धी लोकबहादुर भण्डारीले १०६ मत प्राप्त गरे । नवनिर्वाचित शर्मा निवर्तमान उपाध्यक्ष र भण्डारी निवर्तमान महासचिव हुन्।
संघको वरिष्ठ उपाध्यक्षमा टंकराज आचार्य र डा.स्वागत श्रेष्ठ, महासचिवमा रामहरि सिलवाल र कोषाध्यक्षमा शिव अधिकारी विजयी भएका छन् ।

प्रतिक्रिया