काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले मुलुकमा बाह्य चुनौती बढिरहेको बताएका छन् । आइतबार सामाजिक संजालमार्फत भट्टराईले बाह्य चुनौतीको सामना गर्न आन्तरिक एकता बलियो बनाउनुपर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘बाह्य चुनौती बढिरहेको छ । जसको सामना गर्नैपर्छ, भागेर लुकेर हुनेवाला छैन । आन्तरिक एकता बलियो बनाऔँ । राष्ट्र र जनताका एजेण्डा बोकौँ । बिगतका कमजोरीप्रति आत्मालोचित होऔं । विनम्र बनौ । कार्यशैली सुधार गरौँ ।’

प्रतिक्रिया