रवि –बालेन मिलेछन्, अब पालो कुलमान–प्रचण्डकोः गोकुल बास्कोटा


काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले रवि–बालेन सहमतिपछि अब मिल्ने पालो कुलमान र प्रचण्डको भएको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत बास्कोटाले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पनि मिल्ने बताएका हुन् ।

उनले भनेका छन्,‘रवि –बालेन मिलेछन् ।अब कुलमान–प्रचण्ड बाँकी रहे जस्तो देखियो । त्यो पनि होला झैं लाग्छ।’ रास्वपा सभापति लामिछाने र काठमाडौँका मेयर बालेनबीच सात बुँदे सम्झौता भएको छ ।

जसमा पार्टी सभापति लामिछाने र भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन हुने सहमति छ ।