काठामाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहबीच भएको सहमतिप्रति कडा टिप्पणी गरेका छन् ।
उनले बालेनलाई जनतामा जान साहस नभको व्यक्तिले प्रधानमन्त्री बन्ने सपना देखेको भन्दै कटाक्ष गरेका छन् ।
उनले रवि लामिछाने र बालेनलाई सिंहदरबार जलाउने जोडीको संज्ञा दिँदै भनेका छन्, ’हाहा… जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ ! फटाहाहरू… सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे !’
उनले सम्झौतालाई उनले ‘केबल सत्ताका लागि’ र ‘विदेशी हस्तक्षेप’लाई संस्थागत गर्नका लागि भएको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्, ‘जो भित्रभित्र लुकेर डरलाग्दो खेल खेल्छ । जेनजीलाई उक्साएर लड्न भिड्न पठाउँछ । ७०–८० जना हताहत हुन्छ । देश खरानी भएको टुलुटुलु हेरेर बस्छ । बाहिर आउँदैन । सरकार चलाइदिनुपर्यो भनेर अनुरोध गर्दा पनि आउँदैन ।’

प्रतिक्रिया