काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्ने बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँगको सात बुँदे सहमतिपछि सामजिक संजालमार्फत लामिछानेले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ ।’ सात बुँदे सहमतिमा पार्टी सभापति रवि लामिछाने र भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन हुने उल्लेख छ ।

प्रतिक्रिया