पुनम कलीलाई मिस हात्ती सुन्दरीको उपाधि


चितवन । चितवनको सौराहामा जारी हात्ती महोत्सवअन्तर्गत शनिबार हात्ती सुन्दरी प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा ४० वर्षकी पुनम कलीले २५० अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेकी छन् ।

यसैगरी २० वर्षकी हात्तीले २३५ अंकसहित द्वितीय स्थान प्राप्त गर्दा ३५ वर्षकी चम्पा कलीले २२४ अंक ल्याएर तृतीय स्थान हात पारेकी छन् । प्रतियोगितामा ४० वर्षकी पूजा कली र २६ वर्षकी समृद्धि कली पनि सहभागी थिए।

हात्तीको शारीरिक बनावट, हिँडाइ, स्वभाव र समग्र आकर्षणका आधारमा मूल्यांकन गरिएको आयोजक क्षेत्रीय होटल संघ चितवनले जनाएको छ।

तस्बिरः गोपाल दाहाल, चन्द्रकला क्षेत्री/रासस