काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन नभए मुलुकमा थप दुर्घटना निम्तिने चेतावनी दिएका छन् ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचन नभए मुलुकमा थप अन्योल र दुर्घटनाको जोखिम बढ्ने बताएका हुन् ।
उनले अब आमजनताको ध्यान निर्वाचनतिर केन्द्रित गर्नुपर्ने बताए । उनले कांग्रेस–एमालेले निर्वाचन नै नलडी स्वतः ठूलो हुन पाइन्छ कि भनेर संसद पुनःस्थापनाको कुरामा लागेका बताए । प्रचण्डले जेनजी आन्दोलनपछि भदौ २५ गते राष्ट्रपति कार्यालयमा आफू र माधव नेपालको सक्रियताकै कारणले देश थप दुर्घटनाबाट जोगिएको जिकिर गरे ।

प्रतिक्रिया