नियमित महाधिवेशन नहुने देखिएपछि कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीलाई बुझायो स्मरण पत्र


काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीलाई स्मरण पत्र बुझाएको छ । नियमित महाधिवेशनमा अलमल देखिएपछि विशेष महाधिवेशन पक्षधरले शुक्रबार स्मरण पत्र बुझाएको हो । उनीहरुले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरण पत्र बुझाएका हुन् ।

स्मरणपत्रमा भनिएको छ, ‘हामी पुनः स्पष्ट पार्न चाहान्छौ–विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार हो। विधानले तोकेको समयसीमा “तीन महिना” अर्थात् २०८२ पौष २८ भित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नेपर्छ । अतः विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशनको मिति र स्थान तोक्ने निर्णय गर्न र अबिलम्ब विशेष महाधिवेशन प्रक्रिया अगाडि बढाउन जोडदार माग गर्दछौ।’