१२ जिल्लाका सिडीओको सरुवा, को कहाँ ?(सूचीसहित)


काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ । मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको हो ।

गृहका अनुसार भोजपुरमा राजन पौडेल, पर्वतमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल, प्युठानमा शान्तिराज प्रसाईं, लमजुङमा उमेश ढुंगाना र दोलखामा रामकृष्ण अधिकारीलाई खटाउने निर्णय भएको छ।